Online Bichar
बुधबार, आश्विन ०२, २०८१ | Wednesday, September 18, 2024

झापा, ४ असोज २०८० । पथरीशनिश्चरे भुटानी शरणार्थी शिविरका एक युवाको सुधार केन्द्रमा मृत्यु भएको छ । इटहरी हलगढास्थित जागरण आरोग्य समूह नेपाल नामक सुधार केन्द्रमा राखिएका पथरी शनिश्चरे शिविर क्याम सेक्टर सी वान हट नम्बर ५६ का वर्ष ३१ का दल बहादुर सार्कीको मृत्यु भएको हो।

सार्कीलाई गएको चैत महिनादेखि सो सुधार केन्द्रमा राखिएको थियो। गत मंगलबार राति नै बिमारी भएको कारण परिवारलाई सम्पर्क गरी ती युवक सार्कीलाई विराटनगरस्थित नोबेल अस्पतालको भेन्टिलेटर वार्डमा भर्ना गरिएको थियो। भोलिपल्टै बुधबार सो अस्पतालबाट उनको मृत्यु भएको भन्दै डिस्चार्ज गरेर सुधार केन्द्रले एम्बुलेन्स प्रयोग गरी मृतक सार्कीको शवलाई बुधवार परिवारलाई घरमा जिम्मा दिएको थियो ।

हिजै उनको शवलाई पोस्टमार्टमको लागि मदन भण्डारी ट्रमा सेन्टरको शव गृहमा लगिएको छ । उनको पोस्टमार्टम आज बिहान १० बजे हुने क्याम सचिव करण चाम्लिङले जानकारी दिए । सोही सुधार केन्द्रमा पथरी क्यामको अन्यलाई पनि राखिएको छ ।

‘मृतक सार्कीको शरीरमा चोटपटक देखिएको र नाकबाट रगत बगेको देखिएको भन्दै निज सार्कीको के कारणले मृत्यु भयो भन्ने कारणबारे अहिले खुलेको छैन । घटनाको पूर्ण जानकारी पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुनेछ ।’ पथरीशनिश्चरे १० का शिविर व्यवस्थापन समितिका सचिव चाम्लिङले जानकारी दिए। सोही क्रममा इलाका प्रहरी कार्यालय पथरीले मृत सार्कीको घरमा शवको सर्जिविन समेत उठाएको स्थानीयले बताएका छन्।

तपाईको प्रतिक्रिया