Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

पाँचथर, ४ असोज २०८० । पछिल्लो समय पूर्वी पहाडी जिल्ला पाँचथरमा समेत डेंगुको संक्रमण बढेको छ ।

डेंगु रोगीहरुको संख्यामा वृद्धि भएपछि अहिले सरोकारवाला निकायले सरसफाइ अभियानदेखि जनचेतनामूलक कार्यक्रम समेत गर्न थालेका छन् । पाँचथरमा अहिले दैनिक १० देखि २० जनासम्म डेंगुका बिरामीहरु स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि आउने गरेका छन् । सबैभन्दा बढी फिदिम नगरपालिकामा २ सय ९ जना, फालेलुङ गाउँपालिकामा १२ जना, याङवरक गाउँपालिकामा ७ जना, हिलिहाङ गाउँपालिकामा २६ जना, कुम्मायक गाउँपालिकामा ९ जना र फाल्गुनन्द गाउँपालिकामा २ जना गरी कुल २ सय ७५ जना डेंगुका बिरामीको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया