Online Bichar
शनिबार, माघ १२, २०८१ | Saturday, January 25, 2025

काठमाडौँ, २५ भदौ २०८० । प्रहरीले पोखराको बागलुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ललितपुर गोदावरी नगरपालिका–४ बस्ने ४२ वर्षीय कुमार रम्तेललाई सोमबार ललितपुर महानगरपालिका–१४ कुमारीपाटीबाट पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा कास्की प्रहरीको टोलीले रम्तेललाई केही समयअघि काठमाडौंबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । रम्तेल गोर्खा ग्रुप अफ कम्पनीका अध्यक्षसमेत हुन् ।

प्रवक्ता कडायतका अनुसार कोषाध्यक्ष रम्तेलविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति जारी भएअनुसार पक्राउ गरिएको हो । सूर्यदर्शन सहकारीका सञ्चालकहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा ९ सय ७१ जना बचतकर्ताहरूले रकम हिनामिना गरेको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया