Online Bichar
शनिबार, साउन ०५, २०८१ | Saturday, July 20, 2024

झापा, २३ भदौ २०८० । झापामा डेंगी संक्रमण तीव्र रुपमा बढ्दै जानेक्रममा थप एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका ६ काँकडभिट्टाका ३५ वर्षीय नन्दलाल गुरुङको डेंगी सङ्क्रमणबाट मृत्यु भएको हो ।

भदौ ११ गते नै बीएण्डसी हस्पिटलको आइसियुमा उनको मृत्यु भएको हो । पुष्टि गर्न समय लागेकाले ढिलोगरी रिपोर्ट सार्वजनिक गरिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । साउन महिनायता झापामा डेंगी सङ्क्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । साउन महिनामा तीन र भदौमा दुई जनाको मृत्यु भएको हो ।

त्यस्तै झापामा डेंगी सङ्क्रमितको सङ्ख्या २ हजार नाघेको छ । हिजो भदौ २२ गतेसम्म जिल्लाका २ हजार २७ जना डेंगी संक्रमित भएका छन् । ६ हजार ११३ जनालाई परीक्षण गर्दा त्यति जनालाई डेंगी संक्रमण पुष्टि भएको हो ।

 

तपाईको प्रतिक्रिया