Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

सुनसरी, २१ भदौ २०८० । सुनसरीको धरानमा ग्यास सिलिन्डर पड्किँदा आगलागी भई एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । धरान उपमहानगर–१५ बाझगरास्थित मदन आश्रित मार्गमा बिहीबार बिहान आगलागी हुँदा घर जलेर पूर्ण रूपमा नष्ट भएको हो ।
आफन्त भेला भएर दर खाने तयारी भइरहेका बेला ग्यास सिलिन्डर अचानक पड्किँदा घरमा आगलागी भएको घरधनी सीता धितालले बताइन् । उनका अनुसार आगलागी बिहान करिब ९ः ४५ बजे भएको थियो ।

आगलागी भएपछि धरानका तीनवटा दमकल तत्काल आएर आगो निभाएका थिए । तर बाटो सानो भएपछि एकसाथ तीनवटै दमकल प्रयोग गर्न नसक्दा आगो निभाउन करिब डेढ घण्टा लागेको थियो ।

धिताल परिवारका अनुसार दराजमा राखेको करिब गरगहना, नगद, र अन्य महत्त्वपूर्ण सामानसहित लाखौंको धनमाल नष्ट भएको छ ।कान्तिपुरबाट

तपाईको प्रतिक्रिया