Online Bichar
आइतबार, आश्विन ०७, २०८० | Sunday, September 24, 2023

काठमाडौं, १५ भदौ २०८० । मिक्स मार्सल आर्ट पछिल्लो समय विश्वमा निकै चर्चित खेलको रुपमा विकास हुँदैछ ।

विशेषगरी युवा पुस्तामाझ अझ लोकप्रिय रहेको एमएमएप्रति नेपालमा पनि पछिल्लो समय युवा पुस्ताहरु विस्तारै आकर्षित हुन थालेका छन् । मार्सल आर्ट्सका विभिन्न खेल खेलेका खेलाडीहरु समेत एमएमएमा लाग्न थालेका छन् ।

टिभीमा हेर्दै आएको युएफसी, वान च्याम्पियनसिप, फाइट नाइट्स ग्लोबलहरु केही विश्व चर्चित मिक्स मार्सल आर्ट्स प्रोमोसन्सहरु हुन् ।

त्यसमध्येको एक वान च्याम्पियनसिपमा नेपाली फाइटर रविन्द्र धान्तले पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् र नेपाली खेलकुद क्षेत्रकै लागि यो ऐतिहासिक क्षण हुनेछ ।

‘पहिलो पटक यति ठूलो इभेन्टमा खेल्दैछु, एकदमै उत्साहित छु,’ रविन्द्रले भने, ‘उत्तिकै दबाब पनि छ । सबैले हेरिहनु भएको छ, ट्रेनिङ राम्रो भइरहेको छ, बेस्ट दिनेछु ।’

रविन्द्रले आगामी सेप्टेम्बर १५ मा थाइल्याण्डमा आयोजना हुने वान च्याम्पियनसिपमा रसियन फाइटरसँग प्रतिस्पर्धा गर्नेछन् । हाल त्यसका लागि तयारी गर्न रविन्द्र र उनका प्रशिक्षक दिविज पिया लामा बैंककमा छन् ।

 

तपाईको प्रतिक्रिया