Online Bichar
बिहिबार, फाल्गुण १७, २०८० | Thursday, February 29, 2024

काठमाडौं, १५ भदौ २०८० । मलेसियामा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट क्रिकेटमा दोस्रो खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको छ ।

बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई शानदार रुपमा पूरा गर्यो ।
मलेसियाको सिलोंग्र ट्रफमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलब ४ ओभरमा ३१ रन बनाएर अलआउट भएको थियो ।
नेपालले तेस्रो खेल भदौ १७ गते भुटानसँग र चौथो खेल १८ गते कतारसँग खेल्दैछ ।

नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ । प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ ।

 

तपाईको प्रतिक्रिया