Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

काठमाडौँ, १३ भदौ २०८० । स्वास्थ्यविज्ञहरूले यस वर्ष डेंगीको जोखिम कात्तिक महिनासम्म रहने बताएका छन् । दुई महिनाअघिको संक्रमणको अवस्थाअनुसार हाल धेरै फैलावट नदेखिए पनि ‘खोज र नष्ट गर’ लगायत अभियानलाई निरन्तरता दिन उनीहरूको सुझाव छ ।

यो वर्ष हालसम्म मुलुकभर देखिएको कुल संक्रमणको ५४.२५ प्रतिशत सुनसरीमा देखिएको छ । कोशी प्रदेशमा मात्रै ७६.१० प्रतिशत संक्रमण फैलिएको छ । ७५ जिल्लामा देखिएको डेंगीका कारण १३ जनाको मृत्यु रेकर्ड गरिएकामा १० जना धरानका मात्रै छन् । यो वर्ष सुनसरीपछि कुल संक्रमणको १०.९ प्रतिशत मोरङमा, १० प्रतिशत धादिङमा, ६.४ प्रतिशत झापामा देखिएको छ ।

 

तपाईको प्रतिक्रिया