Online Bichar
बिहिबार, फाल्गुण १७, २०८० | Thursday, February 29, 2024

काठमाडौं, १३ भदौ २०८० । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगिता मिश्रा नियुक्त हुनुभएको छ ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निजी सचिवालायका अनुसार बुधबार उहाँलाई विभागको महानिर्देशकमा नियुक्त गरिएको हो ।

स्वास्थ्यमन्त्री बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा.मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिएको सचिवालायले जनाएको छ ।

डा. मिश्रा स्वास्थ्य मन्त्रालयमा १२ औं तहमा हुनुहुन्थ्यो । यसअघि विभागको महानिर्देशकमा डा. दिपेन्द्र रमण सिंह हुनुहुन्थ्यो ।

 

तपाईको प्रतिक्रिया