Online Bichar
बिहिबार, आषाढ ०७, २०८१ | Thursday, June 20, 2024

काठमाडौं, १२ भदौ २०८० । अस्ट्रेलियाको टी–ट्वान्टी लिग अर्थात बिग बाश लिग (बीबीएल) का लागि नेपालबाट पाँच खेलाडी ड्राफ्टमा परेका छन् ।

प्रतियोगिताको १३ औँ संस्करणको ३ सय ७६ विदेशी खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टिमका ५ खेलाडी पर्न सफल भएका हुन् । लेग स्पिनर सन्दीप लामिछाने,देव खनाल,आसिफ शेख,आरिफ शेख र अर्जुन साउद ड्राफ्टमा पर्न सफल भएका छन् ।

सन्दीपलाई भने लिग टोली होबार्ट हरिकेन्सले रिटेन गर्न पाउनेछ । सन्दीपले यसअघि बिग बाश लिग खेलिसकेका छन् । प्रतियोगिताको १३ औँ संस्करण डिसेम्बर ७ बाट सुरु हुने तालिका रहेको छ ।

 

तपाईको प्रतिक्रिया