Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

काठमाडौं, ८ भदौ २०८० । मलेसियामा जारी महिला टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा शुक्रबार नेपालले आयोजक टोली मलेसियासँग खेल्दैछ ।

चार देश सम्मिलित श्रृंखलामा नेपालको यो समुह चरणको तेस्रो तथा अन्तिम खेल हो ।

शुक्रबारको खेल जित्दै नेपाल समुह विजेताको रुपमा फाइनलमा पुग्न चाहन्छ । पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा कुवेतमाथी ३४ रनको जित हासिल गरेको थियो ।

शुक्रबारको खेल जितेको खण्डमा नेपाल समुह चरणमा अपराजित रहनेछ । विश्वकप टि–ट्वेन्टी क्रिकेटको एसियाली छनौट प्रतियोगिताको तयारीमा रहेको नेपालले अभ्यास स्वरुप यो श्रृंखला खेलेको हो ।

 

तपाईको प्रतिक्रिया