Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ७ भदौ २०८० । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा भारी गिरावट आएको छ ।

अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से बिहीबार भने पुनः ओरालो लागेर बन्द भएको हो । बिहीबार नेप्से परिसूचक ३१ दशमलव ५२ अंक घटेर २०१३ दशमलव ९३ विन्दुमा झरेको छ ।

त्यसैगरी, बिहीबार सेन्सेटिभ इण्डेक्स ४ दशमलव ७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २ दशमलव १६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमल ६८ अंक घटेको छ । नेप्से घटेपनि बिहीबार कारोबार रकम सामान्य वृृद्धि भएको छ ।

बुधबार १ अर्ब ५१ करोडको शेयर कारोबार भएको बजारमा आज २७५ स्टकको ४० हजार ८०० पटकको कारोबारमा १ अर्ब ५५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ९२ प्रतिशत घटेको छ ।

त्यसैगरी, विकास बैंक, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ । होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । सबै उपसूचक घटेको दिन कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा बिहीबार सोल्टी होटल शीर्ष स्थानमा रह्यो ।

 

तपाईको प्रतिक्रिया