Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ५ भदौ २०८० । एसिया कप क्रिकेटका लागि नेपाली क्रिकेट टीम बुधबार पाकिस्तानतर्फ प्रस्थान गर्ने भएको छ ।

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिदाई गर्दैछ । एसिया कप भदौ १३ गतेबाट सुरु हुने भएपनि पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टीम चाँडै त्यसतर्फ जान लागेको हो । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् । नेपाली टीमका स्टार स्पिनर सन्दीप लामिछाने भने बुधबार पाकिस्तान नजाने भएका छन् ।

गत साउन ३२ गते पेशी तोकिएको भएपनि न्यायाधीशले सुनवाइ स्थगित गरेका थिए । अदालतबाट सफाइ पाएर एसिया कप खेल्न जाने मनस्थितिमा सन्दीप रहेका छन् । क्यान अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप केही अस्वस्थ भएकाले बन्द प्रशिक्षणमा सहभागी नभएको जिकिर गरेका छन् ।

 

तपाईको प्रतिक्रिया