Online Bichar
शुक्रबार, बैशाख १२, २०८२ | Friday, April 25, 2025

काठमाडौं, ५ भदौ २०८० । मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

मंगलबार भएको हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । हङकङबाट पाएको ८५ रनको सामान्य विजयी लक्ष्य नेपालले १५।५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ १९ दशमलब १ ओभरमा ८४ रनमा अलआउट भएको थियो ।

 

तपाईको प्रतिक्रिया