झापा, ३० साउन २०८० । पेट्रोलियम पदार्थको मूल्यमा फेरी वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४ रुपैयाँले बढाएको हो ।
निगम सञ्चालक समिति बैठकले मंगलबार राति १ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४।५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।