Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ३० साउन २०८० । शेयर बजारले पुनः ओरालो यात्रा तय गरेको छ । पछिल्ला दिन सामान्य दरले सकारात्मक रहन थालेको बजार परिसूचक सोमबार झिनो अंकले हरियो रहेकोमा मंगलबार उच्च दरले ओरालो लाग्यो ।

उतार चढावबीच नेप्से ३२ अंक बराबरले झरेर २ हजार ४५ मा आएर थामियो । मात्र सामूहिक लगानीकोष समूह बाहेक बाँकी समूह ओरालो लागे । उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ४ प्रतिशतमाथिको गिरावट आयो ।

जलविद्युत, होटल र वित्त समूह २ प्रतिशत बढीले ओरालो लागे । जीवन बीमा र विकास बैंक समूहमा पनि २ प्रतिशत बराबरको कमी आयो । बाँकी समूह पनि १ प्रतिशत बराबरले ओर्लिए । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय ७८ कम्पनीको ५६ लाख कित्ता शेयर २ अर्ब १६ अर्ब बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसदिन २ सय १ कम्पनीको मूल्य घट्दा जम्मा २० कम्पनीको बढ्यो । यसदिन सबैभन्दा बढी २० करोड बराबरको कारोबार भएको हिमालयन डिष्ट्रिलरीका लगानीकर्ताले सबैभन्दा उच्च ७ प्रतिशत बढी गुमाउँदा अन्य समूह उच्च दरले घट्न पुगेको हो ।

 

तपाईको प्रतिक्रिया