Online Bichar
मंगलबार, बैशाख १६, २०८२ | Tuesday, April 29, 2025

काठमाडौं, २८ साउन २०८० । उपाधि दावेदार रियाल मड्रिडले स्पेनिस लिग फुटबलमा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा रियाल मड्रिडले एथ्लेटिक बिल्बाओलाई २–० ले हराएको हो । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन रोड्रिगो र जुडे बेलिङ्गहमले एक-एक गोल गरे ।

यसै सिजन जर्मन फुटबल क्लब बोरुसिया डर्टमण्डबाट रियाल मड्रिड आएका इंग्लिस मिडफिल्डर बेलिङ्गघमले रियालका लागि पहिलो प्रतिस्पर्धात्मक खेलमै गोल गरेका हुन् । ला लिगाका अन्य खेलहरुमा भ्यालेन्सीयाले सेभियालाई २–१ ले हराउँदा रायो भायकानोले अल्मेरियामाथि २–० को जित निकाल्यो ।

स्पेनिस लिगमा उपाधि दावेदार बार्सिलोनाले आइतबार राति गेटाफेको सामना गर्नेछ ।

 

तपाईको प्रतिक्रिया