Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

काठमाडौं, २७ साउन २०८० । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ ९क्यान० का अनुसार यही अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् ।

नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र तेस्रो खेल अगष्ट २५ मा मलेसियासँग खेल्न छ ।

वायुमास ओभलमा हुने सिरिजमा सिंगल राउण्ड रोविनकफ खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।

तपाईको प्रतिक्रिया