Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २६ साउन २०८० । पूर्वविजेता जापानलाई हराउँदै स्वीडेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

जापानलाई २–१ ले हराउँदै सेमिफाइनल पुगेको स्वीडेनले अब स्पेनसँग खेल्ने छ ।

३२ औं मिनेटमा अमान्दा इलिस्टेडको गोलबाट अग्रता लिएको स्वीडेनले ५१ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर पारेको थियो ।

५१ औं मिनेटमा भीएआरमा जापानकी नागानोले पेनाल्टी एरियामा ह्याण्ड गरेको देखिएपछि पाएको पेनाल्टीलाई फिलिप्पा एन्जेल्दाले सदुपयोग गरेकी थिइन् ।

तर जापानले पेनाल्टी पाए पनि त्यसमा रिको युकीले गोल गर्न सकिनन् । जापानले ७६ औं मिनेटमा पेनाल्टी पाएको थियो ।

खेल सकिन ३ मिनेट बाँकी छँदा होनोको हयासीले गोल गरे पनि त्यो गोलले जापानको हार टार्न सकेन ।

तपाईको प्रतिक्रिया