Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

काठमाडौ, २६ साउन २०८० । अष्ट्रेलिया र न्युजिल्यान्डमा जारि फिफा महिला विश्वकपमा नेदरल्यान्ड्सलाई हराउदै स्पेन सेमिफाइनलना प्रवेश गरेको छ । शुक्रबार बिहान वेलिटंनमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेन २-१ गोल अन्तरले विजयी भएको हो ।

निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

स्पेनकि साल्मा पारेलुले १११औ मिनेटमा गोल गरेपछि स्पेन विजयी भएको हो।

यो संगै स्पेन पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ।

अघिल्लो संस्करणको उपविजेता नेदरल्यान्ड्स भने अन्तिम ८ बाटै घर फर्किएको छ।

 

तपाईको प्रतिक्रिया