Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

गौरादह, २४ साउन २०८० । झापाको गौरादह नगरपालिका-१ स्थित स्पोर्ट हब गौरादहले संचालन गर्दै आएको गौरादह फुटसलमा ‘समर क्याम्प’ अन्तर्गत अहिले ४५ जना बालबालिकाले प्रशिक्षण लिईरहेका छन् ।

दैनिक बेलुका साढे चार बजे पश्चात रातो र हरियो रंगको ‘ बिब’ पहिरिएर उत्साहका साथ् बालबालिकाहरु फुट्सल मैदान प्रवेश गर्छन । प्रशिक्षणका दौरान प्रयोग गरिने कपडालाई ‘ बिब’ भनिन्छ ।

गत साउन १० गतेबाट संचालन गरिएको क्याम्पमा गौरादह नगरपालिकाका र कमल गाउँपालिकाका बालबालिकाहरुको सहभागिता रहेको गौरादह फुटसलका संचालक अर्जुन खड्काले बताए ।

प्रशिक्षणमा ८ देखि १५ वर्षसम्मका बालबालिकाले विगत १५ दिनदेखि नियमित प्रशिक्षण गरिरहेको र खेलाडीहरु बढ्दै गइरहेको खड्काले जानकारी दिए । तीन महिनाको ‘क्याम्प’ का लागि १५०० रुपैयाँ लिईएको र सो शुल्क अभिभावकबाट उठाइरहेको उनले बताए ।

‘पछिलो समय बालबालिकाहरु मोबाइलमा झुम्मिएका भेटिन्छन् । उनिहरू रचनात्मक र आत्मविश्वासी हुन सकिरहेका छैनन’ खड्काले भने, ‘राम्रो भयो भने यसै क्षेत्रका लागि हुने हो । फुटसलकै माध्यमबाट ग्याजेट्स (मोबाइल) बाट टाढा रहेर केही गरोस् र खेलाडी उत्पादन होस् भन्ने हाम्रो उद्देश्य हो ।’

गौरादह फुट्सलमा अमन ताजपुरियाले प्रशिक्षण दिइरहेका छन् । रेमन श्रेष्ठले को–अर्डिनेटरको रुपमा सहयोग गरिरहेका छन् । हाल गौरादहमा एक मात्र फुटसल रहेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया