Online Bichar
शुक्रबार, बैशाख १२, २०८२ | Friday, April 25, 2025

काठमाडौं, २४ साउन २०८० । युएफा च्याम्पियन्स लिग फुटबलअन्तर्गत ग्रिसको ए।इ।के। एथेन्स र क्रोएसियाको डिनामो जाग्रेबबीचको खेल स्थगित भएको छ ।

ग्रिसको एथेन्समा गएरातिको लागि तय गरिएको खेल समर्थकबीच हिंसात्मक झडप भएपछि स्थगित गरिएको हो । खेल सुरु हुनु पूर्वनै दुई क्लबका समर्थकबीच रंगशाला वरपरको सडक र रेष्टुरेन्टहरुमा झडप भएको थियो । सोही क्रममा चक्कु प्रहारबाट एक जना समर्थकको मृत्यु भएको हो । मिहालिस नाम गरेका २९ वर्षिय मृतकको थप विवरण खुलाइएको छैन ।

खेल हेर्न ग्रिस पुगेका झण्डै डेढ सय क्रोएसियन समर्थक र स्थानीयबीच भएको झडपमा ८ जना गम्भीर घाइते भएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युएफाले खेल रद्द गर्दै घटनाप्रति दुखः व्यक्त गरेको छ ।

 

तपाईको प्रतिक्रिया