Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

काठमाडौँ, २२ साउन २०८० । राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । विभिन्न मापदण्ड पूरा नगर्दा प्राइम कमर्सियल बैंक, कुमारी र हिमालयन बैंक कारबाहीमा परेका हुन् ।

कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता फ्रेमवर्क अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा प्रिमियम दर बढाई ब्याज असुल गरेकाले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिृकतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै माघ महिनामा कर्जारनिक्षेप अनुपात कायम नगरेकोमा कुमारी बैंकलाई ५९ लाख ६३ हजार रुपैयाँ जरिवाना गरिएको छ । हिमालयन बैंकले पनि कात्तिक महिनामा सोही अनुपात कायम नगरेका कारण १ करोड ३९ लाख रुपैयाँ जरिवाना गराइएको छ ।

 

तपाईको प्रतिक्रिया