Online Bichar
सोमबार, आषाढ ११, २०८१ | Monday, June 24, 2024

काठमाडौं, २० साउन २०८० । नेपालले गत आर्थिक वर्ष २०७९/८० मा ४८ करोड ३३ लाख रुपैयाँको मुसुराको दाल निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष उक्त मूल्य बराबरको ३२ लाख ७२ हजार किलोग्राम मुसुराको दाल निर्यात भएको हो ।

नेपालबाट तीन वटा देशमा मुसुराको दाल निर्यात हुने गरेको छ । विभागको तथ्यांकअनुसार बंगलादेश, दक्षिण कोरिया र सिंगापुरमा मुसुराको दाल निर्यात हुने गरेको हो । यीमध्ये बंगलादेशमा सबैभन्दा धेरै रातो मुसुराको दाल निर्यात हुने गरेको छ ।

बंगलादेशमा ४२ करोड ३७ लाख रुपैयाँ बराबरको २९ लाख ८ हजार किलोग्राम मुसुराको दाल निर्यात भएको छ । यस्तै, सिंगापुरतर्फ ५ करोड ५१ लाख रुपैयाँको र दक्षिण कोरियातर्फ ३३ लाख ९३ हजार किलोग्राम दाल निर्यात भएको छ ।

तपाईको प्रतिक्रिया