Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १५ साउन २०८० । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने अडान कायमै राखेपछि सोमबार १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर मंगलबार १ बजे बस्नेगरी स्थगित गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणबारे सरकारको तर्फबाट यथार्थ जवाफ आउनु पर्ने र त्यसमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने एमालेको माग छ । गत बुधबार यी मागहरु राखेर एमालेले प्रतिनिधि सभाको बैठक अबरुद्ध गरेको थियो । प्रतिनिधि सभाको अवरोध खुलाउने बिषयमा सोमबार बिहान प्रधानमन्त्री पुष्प कमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । तर सहमति भने जुट्न सकेन ।

साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा झण्डै सय किलो तस्करीको सुन समातेको थियो । यो प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेपनि सुन कसले ल्याएको हो भन्ने मुख्य ब्यक्ति भने पक्राउ परेका छैनन् ।

 

तपाईको प्रतिक्रिया