Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

जेबि खड्का
गौरादह, १३ साउन २०८० । गौरादह-८ को समृद्ध जुरोपानी कृषि सहकारी संस्थाको प्रथम साधारणसभाले खेमराज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ। अरुणोदय आधारभूत बिद्यालयमा आयोजना गरिएको साधारणसभामा पदाधिकारीहरुको भेलाले नयाँ समितिको उपाध्यक्षमा गायत्रा थापा सचिबमा चन्द्र बहादुर तामाङ सह सचिबमा भिम प्रसाद उप्रेती र कोषाध्यक्षमा कचालु ताजपुरिया सर्वसम्मत चयन भएका छन।

समितिका सदस्यहरुमा डम्बरबहादुर बुढाथोकी, कमला पाण्डे,भान्जी राम राजवंशी,रेवत सिंह राजवंशी,पर्शुराम बिमली र कमला देबी भट्टराई चयन भएका छन।गौरादह-८ मा सहकारी संस्था नहुदा स्थानीय बासिन्दालाई समस्या भएपछि सहकारी संस्था स्थापनाको अवधारणा अघि सारेका थिए। २०७९ साल कार्तिकमा स्थानीय बासिन्दाले जुरोपानी क्षेत्रमा कृषि सहकारी संस्था स्थापना गर्ने निर्णय गरेका थिए।

जुरोपानी क्षेत्रमा बसोबास गर्ने अधिकांश नागरिक कृषि पेशामा आश्रित रहेकाले किसानका समस्या समाधान गर्न कृषि सहकारी संस्था स्थापना गर्न स्थानीयले सुझाव दिएका थिए। कृषि सहकारी संस्थाको अभावमा किसानले रासायनिक मल, बीउ, किटनासक औषधि किसानका लागि आवश्यक पर्ने तालिमको समस्या भएको स्थानीय बासिको भनाइ छ। कृषि सहकारी संस्था स्थापनाका लागि स्थानीय बासिहरुको भेलाले खेमराज अधिकारीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो।

स्थानीय बासिन्दाको सुझावलाई मध्ये नजर गर्दै वडा नं.८ का तदर्थ समिति अध्यक्ष अधिकारीले कृषि सहकारी स्थापना गर्न बिधान तयार गरि प्रक्रिया अगाडि बढाएका थिए। सहकारी संस्थाको प्रक्रिया पूरा गरि शनिबार प्रथम साधारणसभा सम्पन्न गरेको छ।जेष्ठ सदस्य केशव कोईरालाको अध्यक्षतामा सम्पन्न साधारणसभामा गौरादह नगरपालिका वडा नं.८ का वडाध्यक्ष गणेश राजवंशी प्रमुख अतिथि रहेका थिए। अरुणोदय आधारभूत बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सीतामाया गुरुङ, सहकारी सदस्य भिम प्रसाद उप्रेती, लगायतले शुभकामना मन्तब्य राखेका थिए।सदस्य डिल्लीराम दाहालले स्वागत मन्तब्य राखेका थिए।

तपाईको प्रतिक्रिया