Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ८ साउन २०८० । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २६ दशमलब ६६ अंकले घटेको छ । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ ।

गत कारोबार दिन ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँको शेयर कारोबार भएकोमा सोमबार उक्त रकम बढेर ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँ पुगेको छ । सोमबार २६५ वटा धितोपत्रको २ करोड ९ लाख ७९ हजार ९९७ कित्ता सेयर किनबेच भएको हो ।

सोमबार किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ । उक्त कम्पनीको शेयर मूल्य ८७१ रुपैयाँ २० पैसा पुगेको छ । यस्तै, नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ५ दशमलव ९६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८०० रुपैयाँ कायम भएको छ ।

शेयर मूल्य सर्वाधिक घट्नेमा एनआइबिएल ग्रोथ फण्ड रहेको छ । उक्त योजनाको इकाइ मूल्य ६ दशमलव ९३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ७३ पैसामा सीमित भएको छ । यस्तै, लिवर्टी इनर्जीको सेयरमूल्य ६ दशमलव २५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य २७० रुपैयाँमा झरेको छ ।

यसैगरी सोमबार नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता ८०० रुपैयाँमा २५ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा ५ दशमलव ९६ प्रतिशत बढेको हो ।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ग्लोबल आइएमई बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता २३१ रुपैयाँमा १९ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सोमबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।

सोमबार अन्य समूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ५० प्रतिशतले घटेको छ ।

 

तपाईको प्रतिक्रिया