Online Bichar
आइतबार, फाल्गुण २०, २०८० | Sunday, March 3, 2024

काठमाडौं, ३१ असार २०८० । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ ।

त्यस्तै, एलपी ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ घटाएको छ ।

हवाई इन्धनको मूल्यमा भने स्वचालित प्रणाली लागू नगरिएको निगमले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया