Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

शान्ति सुब्बा
गौरादह, २३ असार २०८० । करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका सुनचाँदी व्यवसायी सोम विश्वकर्माविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । झापाको गौरादह नगरपालिका वडा नं.१ स्थित बजार घर भएका फरार व्यवसायी विश्वकर्माविरुद्ध ईलाका प्रहरी कार्यालय दमकमा ठगी मुद्दा दर्ता भएको दमकका प्रहरी नायब उपरीक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । दमकमा मुद्दा दर्ता भइसकेकोले आज(शनिबार) बिदाको दिन भएकाले अदालती प्रक्रियामा भोली (आईतबार) जाने लामाले बताउनुभयो ।

गौरादह नगरपालिका-१ का वडाध्यक्ष तथा प्रवक्ता नगेन्द्र भण्डारीले व्यवसायी विश्वकर्माबाट ठगिएका ४ सय ६६ जनाको निवेदन सहित शुक्रबार ईलाका प्रहरी कार्यालय दमकमा विश्वकर्माविरुद्ध उजुरी जाहेरी गराउनु भएको थियो । वडाध्यक्ष भण्डारीका अनुसार आफु कार्यालयमा रहँदा सम्म पिडित ४ सय ६६ जनाको निवेदन आएकोले सोहि निवेदन सहित ईलाका प्रहरी कार्यालय दमकमा गएको बताउनु भएको छ । निवेदन दिनेको संख्या अझ बढ्न सक्ने बताउँदै यसका लागि कुनै समय सीमा नतोकेको बताउनु भएको छ । व्यवसायी विश्वकर्मा फरार भएको थाहापाएपछी पिडितहरु दैनिकजसो वडामा निवेदन दिन आइरहेका छन् । भण्डारीका अनुसार ठगी गरेर फरार भएका व्यवसायीविरुद्ध उनलाई पक्राउ गर्न, पिडितले पाउनुपर्ने रकम फीर्ताका लागि जोडका साथ लागि परेको बताउँदै उनको पसल शिलबन्दी गरीसकिएको साथै घरमा भएका खातापाता, उनको र परीवारको चल अचल सम्पत्ती सबै रोक्का गर्ने प्रक्रिया सुरु भइसकेको बताउनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस्तै, फरार रहेका विश्वकर्माको खोजीकार्यमा सबैजनालाई सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । गौरादह नगरपालिका वडा नं. २  डिपु लाईनमा २०५९/६० सालबाट सुनचाँदी व्यवसाय गर्दै आएका विश्वकर्मालाई यहाँका बासीन्दाहरुले विश्वास र उनको कारोबारको आधारमा रकम जम्मा गर्दै आएका थिए । यस्तै, शुक्रबार पिडितपक्षको न्यायको लागि वडा नं.२ का वडा अध्यक्ष गोपाल कोइरालाको संयोजकत्वमा १३ सदस्य सहितको छानबीन समिति गठन गरिएको नगर उपप्रमुख जलवर्षा राजवंशीले बताउनुभएको छ । उक्त समितिले फरार व्यवसायी विश्वकर्माको परिवार, आफन्तहरुको जायजेथा छानबीन गर्ने, परिवारको निगरानी लगायतका कार्य गर्ने बताउनुभएको छ । यस्तै, पिडितहरुले दिएको निवेदनको आधारमा दाबी गरिएको रकम र उनको जायजेथा हेरेर नगरपालिकाले उसको प्रतिवेदन तयार गरेको बताइएकोछ ।

यसैबीच, फरार व्यवसायी विश्वकर्माविरुद्ध जानकारी प्राप्त हुनासाथ टेक्निकल रुपमा अनुसन्धान गर्नतर्फ लागिपरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार दिउँसो २ बजेको डाटा अनुसार विश्वकर्माबाट ठगिएका ४ सय ७४ जना पिडितले निवेदन दिएका छन् भने २४ करोड ६५ लाख ३ सय ५५ रकम दाबीमा परेको वडा नं. १ कि वडा सदस्य अन्जु निरौलाले जानकारी दिनुभएको छ । उनिहरुले करिब न्यूनतम ४०-५० हजार देखि बढिमा ४० लाख रकम जम्मा गरेको देखिएको छ । पिडितहरु धेरै जसो गौरादह र कमल का छन् भने, गौरीगंज, दमक, शिवसताक्षी, बिर्तामोड, उर्लाबारी, विराटचोक, सुन्दर हरैचाका पनि रहेका छन् ।

तपाईको प्रतिक्रिया