Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

झापा, १९ असार २०८० । झापाको दमकमा करेन्ट लगाएर माछा मार्ने क्रममा मङ्गलवार दिउँसो एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका-८ स्थित आइतबारे निवासी ४० वर्षीय पदमबहादुर भुजेल रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

स्थानीय राते होलीमा करेन्ट लगाएर माछा मार्ने क्रममा भुजेलको मृत्यु भएको थियो। मृतकको शवलाई पोस्टमार्टम गरी परिवारजनलाई बुझाइसकेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया