Online Bichar
आइतबार, मंसिर २९, २०८२ | Sunday, December 14, 2025

काठमाडौं, १९ असार २०८० । निर्वाचन आयोगले सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ ।

निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा निर्वाचन आयोगले सहकारी संस्थामा रहेर रकम हिनामिना गरेको व्यक्ति निर्वाचनमा उम्मेद्वार बन्न अयोग्य हुने प्रस्ताव गरेको हो ।

प्रस्तावित विधेयकको मस्यौदामा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा ‘कुनै सहकारी संस्थाको सञ्चालक पदमा रही प्रचलित कानुन विपरीत आर्थिक हिनामिना गरी त्यस्तो सहकारी संस्थालाई हानि नोक्सानी पुर्‍याएको व्यक्ति उम्मेदवार हुन पाउने छैन भन्ने उल्लेख छ ।

यस्तै,प्रचलित कानुन बमोजिम कर भुक्तानी नगरेको व्यक्ति पनि निर्वाचनका लागि अयोग्य हुने व्यवस्था प्रस्ताव गरिएको छ ।सोमबार आयोगको बैठकले निर्वाचन व्यवस्थापनसम्बन्धी छरिएका कानुन एकीकरण तथा पछिल्लो समय चुनावका क्रममा उठेका कानुनी अस्पष्टतालाई स्पष्ट गरेर एकीकृत कानुन विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।

विधेयक गृह मन्त्रालयमार्फत संसदमा पेस हुनेछ । संघीय संसदका दुवै सदनमा छलफल तथा संशोधन भई विधेयक पारित भएपछि ऐनका रूपमा लागू हुनेछ ।

 

तपाईको प्रतिक्रिया