काठमाडौं, १२ असार २०८० । पछिल्ला दिन सुधारिएको शेयर बजारमा मंगलबार उछाल आयो । आइतबार ६२ अंकले बढेको बजार सोमबार दोहोरो अंकले सुधारिएकोमा मंगलबार पुनः ५६ अंकको उछाल आएर नेप्से २१ सय ८६ कायम भएर थामियो । कारोबार बढेर साढें ५ अर्ब हाराहारी पुग्यो । ४० वटा कम्पनीको त सकारात्मक सर्किट लेबलमा कारोबारभयो ।
व्यापार, उत्पादनमूलक र निर्जीबन बीमा समूह बाहेक बाँकी समूहमा हरियाली छायो । लघुवित्त समूहमा झण्डै ९ प्रतिशतको बृद्धि हुँदा वित्त समूह साढें ४ र वाणिज्य बैंक समूह पनि ४ प्रतिशत बराबरले उकालो लाग्यो । बांकी पनि अधिकांशजसो समूह दोहोरो अंकले सुधारिए ।
मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७५ कम्पनीको १ करोड ३१ लाख कित्ता शेयर ५ अर्ब ४८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । मंगलबार १ सय ८७ कम्पनीको मूल्य बढ्दा ३४ को घट्यो ।