Online Bichar
बिहिबार, जेठ ३०, २०८२ | Thursday, June 12, 2025

झापा, १२ असार २०८० । बैंकिङ कसुर मुद्धामा फरार रहेका झापाको कमल घर भएका १ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कमल गाउँपालिका वडा नं.६ का ४२ वर्षिय पुष्पराज बाराकोटी पक्राउ परेका हुन् ।

उच्च अदालत बिराटनगर ईलाम इजलासबाट २०७९ कार्तिक २ गतेको फैसला अनुसार बाराकोटी बैंकिङ कसुर मुद्धामा फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले उनलाई सोमबार पक्राउ गरी फैसला कार्यन्वयनको निमित्त जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । अदालतको आदेशले पक्राउ परेका बाराकोटीलाई कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रवक्ता रिजालले जानकारी दिनुभयो । उनलाई ५ दिन कैद, १२ लाख जरिवाना र ४८ हजार पिडित राहत कोषमा जम्मा गर्नुपर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया