Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ५ असार २०८० । पछिल्ला दिन उकालो लाग्दै आएको शेयर बजारको वृृद्धिमा ब्रेक लागेको छ । सोमबार झिनो अंकको करेक्सन आएको बजार मंगलबार दोहोरो अंकले घट्यो । उतार चढावबीच बजार परिसूचक नेप्से २६ अंकले ओरालो लागेर २ हजार ६४ कायम भएर थामियो । पछिल्ला तीन कारोबार दिन ५ अर्ब हाराहारी पुगेको कारोबार यसदिन पनि ४ अर्बमाथि रह्यो ।

मंगलबार लगानी, उत्पादनमूलक र व्यापार समूह नगन्य अंकले मात्र हरियो रहेबाहेक बाँकी समूह ओरालो लागे । वित्त समूहमा बैभन्दा उच्च झण्डै ४ प्रतिशतको गिरावट आयो । बीमा, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समूहमा पनि २ प्रतिशतमाथिको कमी आयो । बाँकी पनि अधिकांश समूह दोहोरो अंकले घटे ।

मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ६८ कम्पनीको १ करोड ७ लाख कित्ता शेयर ४ अर्ब ११ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । मंगलबार १ सय ९३ कम्पनीका लगानीकर्ताले गुमाउँदा जम्मा २८ कम्पनीकाले कमाए । घटेको बजारमा पनि सीटी होटल, बीपीडब्लू लघुवित्त र इङ्वा हाइड्रोका लगानीकर्ताले १० प्रतिशत हाराहारीमा कमाए ।

 

तपाईको प्रतिक्रिया