Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ३१ जेठ २०८० । शेयर बजारमा बुधबार पनि दोहोरो अंकको सुधार जारी रह्यो । तीब्र उतारचढावबीच बजार परिसूचक नेप्से १६ अंकले सकारात्मक रहँदै २ हजार ३७ कायम भएर थामिएको हो ।

बजार उकालो लागेर मध्यान्ह २ हजार ६६ सम्म पुगेको थियो । त्यसयता घट्दै कारोबार बन्द हुुनुभन्दा १० मिनेट अघिसम्म ऋणात्मक रहिसकेको नेप्से अन्तिम घडीमा युटर्न हँदै दोहोरो अंकले रातो रहेर थामिएको हो ।

बुधबार कारोबार थप बढेर ५ अर्ब नाघ्यो । यसदिन ७ वटा समूह हरियो रहँदा ६ वटा रातो रहे । अन्य, लघुवित्त, जीवन बीमा, वाणिज्य बैंक, उत्पादनमूलक, जलविद्युत र सामूहिक लगानी कोष सकारात्मक रहँदा विकास बैंक, होटल तथा पर्यटन, वित्त, व्यापार र निर्जीवन बीमा समूह ऋणात्मक रहे ।

टेलिकम सूचिकृत अन्य समूह सबैभन्दा उच्च २ प्रतिशत बढीले उकालो लाग्यो । लघुवित्त समूहमा पनि दुई प्रतिशत बराबरको वृृद्धि आउँदा जीवन बीमा र वाणिज्य बैंक समूहमा पनि १ प्रतिशतमाथिको सुधार आयो ।

बुधबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७५ कम्पनीको सवा करोड कित्ता शेयर ५ अर्बमा कारोबार भएको एक्सचेन्जले जनाएको छ । यसमध्ये १ सय २६ कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो । बुधबार खप्तड लघुवित्त र सीटी होटलका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत बराबर कमाउन पुगे ।

 

तपाईको प्रतिक्रिया