Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ३० जेठ २०८० । पछिल्ला दिन सामान्य अंकले सकारात्मक रहँदै आएको शेयर बजारमा मंगलबार उच्च अंकको सुधार आयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से ३४ अंकको वृद्धि आउँदा कारोबारमा ४ अर्ब माथिको उछाल आयो ।

नेप्से ३४ अंकले उकालो लागेर २ हजार २० पुग्यो । सबै समूहमा हरियाली छाउँदा उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ४ प्रतिशतमाथिको वृद्धि आयो । जीवन बीमा समूहमा ३ प्रतिशत नजिकको वृद्धि आयो ।

लघुवित्त, व्यापार, होटल तथा पर्यटन, वित्त, निर्जीवन बीमा र वित्त समूह पनि २ प्रतिशत बढीले बढे । बाँकी पनि अधिंश समूहमा १ प्रतिशत हाराहारीको सुधार आयो । मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७० कम्पनीको १ करोड बढी कित्ता शेयर ४ अर्ब १२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

मंगलबार बिन नेपाल लघुवित्त, भूगोल ईनर्जी र सीटी होटलका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत हाराहारीमा कमाए ।

 

तपाईको प्रतिक्रिया