Online Bichar
मंगलबार, बैशाख २५, २०८१ | Tuesday, May 7, 2024

जेबि खड्का
गौरादह, २७ जेठ २०८० । डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र गौरादहले शेयर सदस्यहरुलाई संस्थाको बर्तमान अवस्थाका बारेका जानकारी गराएको छ। गौरादह-१ को पञ्चेश्वर देवालय मन्दिर सभाहलमा सहकारी शिक्षा तथा बित्तीय साक्षरता कार्यक्रमको आयोजना गरि संस्थाको गतिविधि र सदस्यहरुको भूमिकाका बारेमा प्रशिक्षण दिएको छ।

शेयर सदस्यहरुलाई सहज रुपमा जानकारी गराउन प्रोजेक्टर मार्फत दृश्य देखाइएको संस्थाका गौरादह सेवा केन्द्र प्रमुख बिमल कार्कीले बताएका छन। कार्यक्रममा गौरादह सेवा केन्द्रमा रहेका २ सय ५० बढी सेयर सदस्यहरुको सहभागीता रहेको थियो। संस्थाका सचिब लिलानाथ खनालले कार्यक्रममा सहभागी सेयर सदस्यहरुलाई बित्तीय साक्षरता, संस्थाले सदस्यहरुलाई दिइरहेको सेवा सुबिधा, संस्थाको आर्थिक पक्षको जानकारी, बचतको आवश्यकता, नियमित र दिर्घकालिन बचतका फाइदा, सदस्यहरुले पालना गर्नु पर्ने नियम र सदस्य बिमाका बिषयमा जानकारी गराइएको संस्थाका गौरादह सेवा केन्द्र कार्यलय सहायक चुडामणि पौडेलले बताएका छन।

कार्यक्रमको सभापति समेत रहेका संस्थाका उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठले सदस्य शिक्षा कार्यक्रममा सहभागी सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए। संस्थाका गौरादह सेवा केन्द्र संयोजक टिकाराम गौतमले शुभकामना मन्तब्य राखेका थिए।संस्थाकि गौरादह सेवा केन्द्र सदस्य रमा दाहालले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाका शिक्षा उपसमिति सदस्य ठाकुर हरि पोख्रेलले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया