Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २५ जेठ २०८० । बिहीबार शेयर बजार परिसूचक नेप्सेमा ७ अंकको वृद्धि भएको छ । बिहीबार कारोबारमा आएका अधिकांश समूहमा हरियाली छाउँदा निर्जीवन बीमा र व्यापार समूहमा सबैभन्दा धेरै ५ प्रतिशतको वृद्धि भएको छ भने वित्त, जीवन बीमामा १ प्रतिशतको वृद्धि भएको छ ।

विकास बैंक, लगानी र अन्य समूहमा पनि हरियाली छाएको छ । बिहीबारको कारोबारमा ९५ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने १ सय १४ कम्पनीको शेयर मूल्य घटेको छ । बिहीबार २ सय ७३ कम्पनीको ५९ लाख ६२ हजार कित्ता शेयरको २ अर्ब ३० करोड माथिमा खरीदबिक्री भएको छ ।

बिहीबार दुई कम्पनीको शेयर मूल्यमा अत्यधिक वृद्धि भएको छ । डोल्टी पावर कम्पनी लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सकारात्मक सर्किट लागेको छ भने रिभर फल्स पावर लिमिटेडको ६ प्रतिशतले गिरावट आउँदा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आएमई व्यालेन्स फण्डको शेयर मूल्य ३ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबार रकमको आधारमा आइजीआई पु्ररुडेन्सियल इन्सुरेन्सको सर्वाधिक कारोबार भएको छ । जसको १० करोड बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया