Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, १५ जेठ २०८० । मानव बेचविखन तथा ओसापसार नियन्त्रणका लागी सरकारले समुदायमा संजाल निर्माण गर्ने घोषणा गरेको छ । संसदमा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले भने–‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न समुदायमा संजाल निर्माण गरेर परिचालन गरिने छ ।’

मानव बेचविखन तथा ओसापसार नियन्त्रणका लागी प्रहरी र सामाजिक संघ संस्थासँगको समन्वय प्रभावकारी बनाएने अर्थमन्त्रीले घोषणा गरेका छन् । मानव बेचविखन नियन्त्रण गर्न प्रहरीको मावन बेचविखन अनुसन्धान ब्यूरोले काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया