Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा, ११ जेठ २०८० । झापामा बिना दर्ताको औषधी ओसार-पसार पैठारी निकासी मुद्धामा फरार रहेका १ जना फरार प्रतिबादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका-४ का २९ वर्षिय इतियाज आलम रहेका छन् ।

उच्च अदालत पाटनको २०७६ माघ १४ गतेको फैसला अनुसार बिना दर्ताको औषधी ओसार-पसार पैठारी निकासी मुद्धामा फरार रहेका आलमलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले आज (बिहिबार) पक्राउ गरी फैसला कार्यन्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । अदालतको आदेशले उनलाई कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रवक्ता रिजालले बताउनुभयो । पक्राउ परेका आलमलाई १ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया