Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

शान्ति सुब्बा
गौरादह, ७ जेठ २०८० । झापाको गौरादहमा स्त्री रोग सम्बन्धि १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गौरादह नगरपालिका-१ ले आयोजना गरेको शिविरमा मेडिम्याक्स अस्पताल गौरादहको प्राविधिक सहयोग रहेको थियो । शनिबार गौरादह-१ मा रहेको नगर अस्पतालमा सञ्चालन गरिएको शिविरमा २ सय ११ जना महिलाहरुले स्वास्थ्य परिक्षण गराएको गौरादह नगर अस्पतालका फोकल पर्सन रामकृष्ण जोशीले जानकारी दिनुभयो ।

अधिकाशं महिलाहरुमा पाठेघर सम्बन्धि, पेटको रोग सम्बन्धि समस्याहरु बढि हुने भएकाले आर्थिक विपन्नताका कारण धेरैजसो महिलाहरु सम्बन्धित डाक्टरको पहुँचमा पुग्न नसक्ने अवस्था देखिदैं आएकोले पनि स्वास्थ्य शिविरको आयोजना गरेको वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो । आफ्नै नजिकमा सञ्चालन भएको शिविरबाट महिलाहरुले धेरै लाभ लिन सकुन भन्ने उद्देश्यले पनि शिविरको आयोजना गरिएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

शिविरमा गर्भवती महिला ३८, पीआइडी समस्या भएका ४५ जनाले स्वास्थ्य लाभ लिएका छन् । यस्तै, अन्य महिला सम्बन्धि रोगहरुमा पाठेघर, स्तनको गाठागुठि, सेतो पानी जाने, महिनावारी लगायत गरी १ सय २८ जना महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा ५५ जनाले ल्याब परिक्षण गराएका थिए भने, १०० भन्दा माथिले भिडियो एक्स-रे गराएका थिए । शिविरमा स्वास्थ्य परिक्षण गराउन आउने महिलाहरुलाई डाक्टरले लेखिदिए बमोजिमका औषधी समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा नोबेल अस्पतालबाट ६ जना, दमक अस्पतालबाट १ जना गरि ७ जना चिकित्सकहरुले सेवा प्रदान गरेका थिए । जसमा ५ जना स्त्री रोग विशेषज्ञ, १ जना प्याथोलोजिस्ट र १ जना रेडियोलोजिस्ट रहेका छन् । स्वास्थ्य शिविरमा डा.गेहनाथ बराल, डा. उषा खनाल, डा. दिप्ती कुवर र डा. रित्तु बराल लगायतको टोलीले सेवा प्रदान गरेको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया