Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, ५ जेठ २०८० । देशभर पछिल्लो २४ घण्टामा ३० जना नयाँ संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट १४ र एन्टीजेन परिक्षणबाट १६ जनामा गरी ३० जनामा संक्रमण देखा परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट ३ सय ४४ र एन्टीजेन परिक्षणबाट ६ सय गरि ९ सय ४४ जनाको नमुना परिक्षण गर्दा ३० जनामा संक्रमण पुष्टी भएको जनाइएको छ ।

आज १३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ८९ पुगेको जनाइएको छ । आज २८ हजार ७ सय ९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या ८ पुगेको छ भने, आई।सि।युमा उपचाररत रहनेको संख्या १ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या १ रहेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया