Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झापा, ४ जेठ २०८० । देशभर आज २४ जना नयाँ संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट १४ र एन्टीजेन परिक्षणबाट १० जनामा गरी २४ जनामा संक्रमण देखा परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट ७ सय ६१ र एन्टीजेन परिक्षणबाट १ हजार ७८ गरि १ हजार ८ सय ३९ जनाको नमुना परिक्षण गर्दा २४ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ ।

आज १५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ८८ पुगेको जनाइएको छ । आज १५ हजार ५ सय ८५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या ९ पुगेको छ भने, आई।सि।युमा उपचाररत रहनेको संख्या १ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या १ रहेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया