Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, ३० वैशाख २०८० । झापाको कमल गाउँपालिकाबाट प्रहरीले अवैध काठ सहित ट्याक्टर नियन्त्रणमा लिएको छ । कमल गाउँपालिका-६ स्थित भित्रि सडक खण्डबाट अवैध काठ सहित ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

शनिबार २ बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले रोकी राखेको को १ त ७९६८ नं. को ट्याक्टरलाई शंका लागी चेकजाँच गर्दा उक्त ट्याक्टरमा लोड भएको ५४.३२ क्यु.फिट सखुवा जातको काठ २ लाख ७० हजार मूल्य बराबरको फेला परेको थियो । यस्तै, ट्याक्टर ८ लाख मूल्य बराबरको सहित गरी १० लाख ७० हजार बराबरको ट्याक्टर र काठलाई आवश्यक कार्वाहीको लागी डिभिजन बन कार्यालय चन्द्रगढी झापामा बुझाइ थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता रिजालले बताउनुभयो।

तपाईको प्रतिक्रिया