Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

झापा, २९ वैशाख २०८० । देशभर पछिल्लो २४ घण्टामा ३२ जना नयाँ संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट २१ र एन्टीजेन परिक्षणबाट ११ जनामा गरी ३२संक्रमण देखा परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट २ सय ६० र एन्टीजेन परिक्षणबाट ६ सय ५६ गरि ९ सय १६ जनाको नमुना परिक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ ।

आज १२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज १ सय २९ पुगेको जनाइएको छ । आज ११ हजार १ सय ११ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या ११ पुगेको छ भने, आई।सि।युमा उपचाररत रहनेको संख्या ३ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या १ रहेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया