Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २५ वैशाख २०८० । देशभर पछिल्लो २४ घण्टामा ५७ जना नयाँ संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट ४१ र एन्टीजेनबाट १६ जनामा गरि ५७ जनामा संक्रमण देखा परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट ७ सय १६ जनामा र एन्टीजेनबाट १ हजार २ सय १५ जनामा गरि १ हजार ९ सय ३१ जनाको नमुना परिक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ ।

आज २७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज १ सय ४७ पुगेको जनाइएको छ । आज १९ हजार ८ सय १८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या २१ पुगेको छ भने, आई।सि।युमा उपचाररत रहनेको संख्या ७ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या १ रहेको मन्त्रालयले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया