Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

झापा, २३ वैशाख २०८० । देशभर पछिल्लो २४ घण्टामा ७६ जना नयाँ संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट १ र एन्टीजेनबाट ७५ जनामा गरि ७६ जनामा संक्रमण देखा परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट ५५ जनामा र एन्टीजेनबाट १ हजार ५ सय ४८ जनामा गरि १ हजार ६ सय ३ जनाको नमुना परिक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ ।

आज २६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज १ सय ३७ पुगेको जनाइएको छ । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या २४ पुगेको छ भने, आई।सि।युमा उपचाररत रहनेको संख्या १२ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया