Online Bichar
शुक्रबार, कार्तिक २३, २०८१ | Friday, November 8, 2024

झापा, २० वैशाख २०८० । देशभर पछिल्लो २४ घण्टामा ९१ जना नयाँ संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट २७ र एन्टीजेनबाट ६४ जनामा गरि ९१ जनामा संक्रमण देखा परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट ३ सय३६ जनामा र एन्टीजेनबाट ६४ जनामा नमुना परिक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ ।

आज ५९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज २ सय २० पुगेको जनाइएको छ । आज ३ हजार ८ सय ९४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या २५ पुगेको छ भने, आई।सि।युमा उपचाररत रहनेको संख्या १२ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया