Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १८ वैशाख २०८० । देशभर पछिल्लो २४ घण्टामा १९ जना नयाँ संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट मात्र १९ जनामा संक्रमण देखा परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट ३ सय ७५ जनामा नमुना परिक्षण गर्दा १९ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ ।

आज ६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज २ सय ८३ पुगेको जनाइएको छ । आज २९ हजार ३ सय ९९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या ३२ पुगेको छ भने, आई।सि।युमा उपचाररत रहनेको संख्या ११ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या १ रहेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया