झापा, १८ वैशाख २०८० । चिकित्सकहरुको परामर्श शुल्क बढ्ने भएको छ। नेपाल चिकित्सक संघ तथा निजी अस्पतालहरुको संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल ९अफिन० ले चिकित्सकहरुको परामर्श शुल्क १४ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ।
जेठ १ देखि लागु हुने गरी यो शुल्क बढाइएको चिकित्सक संघले जनाएको छ। अनुभव तथा योग्यताका आधारमा तोकिएको नयाँ परामर्श शुल्क न्यूनतम ४२० रुपैयाँदेखि बढीमा ९४० रुपैयाँसम्म कायम गरिएको छ।
अब एमबीबीएस तथा बीडीएस गरी ५ वर्षसम्म अनुभव भएकाहरुले ४२० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ५१५ रुपैयाँ लिन पाउनेछन्।
यस्तै, एमडी एमएसको योग्यता भई पाँच वर्षसम्म अनुभव भएकाहरुले ७५० र त्यसभन्दा बढी अनुभव भएकाहरुले आठ सय रुपैयाँ लिनेछन्।
डीएम एमसीएच गरी पाँच वर्षसम्म अनुभव भएकाहरुले ८८० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ९४० रुपैयाँ परामर्श शुल्क लिन पाउने नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अनिल कार्कीले जानकारी दिए।
नेपाल राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा प्रत्येक २–२ वर्षमा शुल्क पुनरवलोकन गर्ने अधिकार २०७८ भदौ ३० मा नै दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बढेको शुल्क निजी स्वास्थ्य संस्थाहरुमा लागु हुनेछ। तर, गरिब, असहायलगायत १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने नियम भने निजी अस्पतालहरुले पालना नगरेको मन्त्रालयको भनाइ छ। यसअघि २०७७ मा चिकित्सकहरुको परामर्श शुल्क पुनरावलोकन गरिएको थियो। थाहाखबरबाट